वात्सल्यः १५०० दम्पतिलाई आइभिएफ मार्फत् सन्तान प्राप्तिको खुशी दिन सफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2021 | 11:05:23 AM मा प्रकाशित

laxmi  sunrise bank

बदलिँदो जीवनशैली, असन्तुलित खानपान, वातावरण प्रदूषण जस्ता विभिन्न कारणहरुले हाम्रो प्रजनन् क्षमतामा कमि आइरहेको छ । वर्षेनि सयौं दम्पतिहरु ३ देखि १५ वर्षसम्म सन्तान प्राप्तिका लागि प्रयास गर्दा पनि सफल नभएर उपचारका लागि आउँदा उचित उपचारको प्रबन्ध नभएको र आइ। भि। एफ। जस्ता आधुनिक उपचारका लागि छिमेकी मुलुकरविदेश नै जानुपर्ने वाध्यता देख्दै आउनुभएका वात्सल्यका कार्यकारी निर्देशक शृष्टि खड्काले नेपालमै यस्तो सेवा प्रदान गर्ने सोच बनाइन् । त्यससैको फलस्वरुप आजभन्दा करिब ४ वर्ष अगाडि वात्सल्यको स्थापना भयो ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने सोच शुरु देखि नै भएको कारण त्यहि अनुरुपको प्रविधि र जनशक्ति विकासमा जोड दिईन् । खास गरी यौन जीवनसँग सम्बन्धित विषयमा खुलेर कुरा गर्न हिच्किचाउने हाम्रो परिवेशमा दम्पतिलाई सहज महसुस गराउन, सफल हुन सम्भव छ भनी विश्वास दिलाउन त्यही अनुरुपको वातावरणको निर्माण गर्न लागिन् । जसका कारण दम्पति र वात्सल्यका विज्ञहरु बीच आत्मीय सम्बन्ध विकास हुन सम्भव भएको छ, समस्या बुझ्न सरल भएको छ र अवस्था अनुरुपको उपचारबाट अन्तर्राष्ट्रिय मापदण्डभन्दा पनि अधिक सफलता हासिल भएको छ ।

स्थापनाको छोटो समयमै करिब १५०० आइभिएफ, ३०० आइ, यू आइ र ४५० प्राकृतिक गर्भधारण गराउन सफल यस क्लिनिकमा, अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवाको अनुभव भएका चिकित्सकहरु भएका कारण, निस्सन्तान सम्बन्धि सम्पूर्ण उपचार सफलताका साथ नेपालमै गराउन सम्भव रहेको बताउँछन् निर्देशक । 

हालसम्म वात्सल्यमा नेपाल, पाकिस्तान, हङकङ, जापान, अमेरिका, अस्ट्रेलिया जस्ता मुलुकमा बस्ने विभिन्न दम्पतिले सफल उपचार गराइसकेका छन् । एक ५० वर्षीय जापानी महिलाको आइभि एफ सफलताको विशेष अनुभव राख्दै उनले भने, “जापानी महिलाको ३-४ आइ. भि. एफ. प्रयास जापानमै असफल भइसकेको  थियो र नेपाल आउँदा महिनावारी पनि सुकिसकेको थियो त्यसैले विगतको अवस्थालाई राम्ररी अध्ययन गर्दै  उपचार थाल्यौं । उमेर आफैंमा एक ठूलो चुनौति हो । विशेष निगरानी र सावधानीले गर्दा पहिलो प्रयासमै दुई सन्तान प्राप्त भयो ।“

निस्सन्तान सम्बन्धि कारण पहिचान र उपचार, आइभिएफ, आइ, यू आइ, वीर्य जाँच,  डिम्ब, शुक्र र भ्रुणको फ्रिजिंग, प्रसुतिपुर्वको सम्पूर्ण जाँच, डाइटिसियन सेवा, बालरोग उपचार सेवा जस्ता गर्भधारण सँग संबन्धित सेवा प्रदान गर्दै आएको यस क्लिनिकको सेवा नारयणचौर नक्साल का साथै बि।टि।एस। चौक नेपालगंजबाट पनि प्राप्त गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved