खोपको कमिशनमा संलग्न नरहेको सुरज वैद्यको स्पष्टीकरण, के छ उनीमाथिको आरोप ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 11:48:05 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट कोरोना बिरुद्धको खोप ल्याउन कमिसन मागेको आरोप लागेका व्यवसायी सुरज वैद्यले स्पष्टिकरण दिएका छन्। भारतबाट कोरोना बिरुद्धको खोप ल्याउनलाई आफुहरु आधिकारिक बिक्रेता भएको सत्य भएपनि कमिसन मागेको र कमिसनकै कारण खोप नपाएको भन्ने आरोप असत्य भएको वैद्यले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका वैद्यले बिज्ञप्ती मार्फत अक्सफोर्ड, एक्स्ट्राजेनिकाको अनुसन्धान तथा  भारतको पूणेस्थित सिरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड भ्याक्सिन नेपालमा आयात गर्न आफ्नो हुकुम डिस्ट्रिब्युसन एण्ड लजिस्टिक प्राइभेट लिमिटेड आधिकारिक बिक्रेता भएपनि अहिले सम्म नेपालमा आयात भएको भ्याक्सिनमा आफ्नो आधिकारिक सहभागिता नरहेको स्पष्टिकरण दिएका छन्। 

कोरोना बिरुद्धको खोप खरिद प्रकृयामा चलखेल भएको अस्विकार गर्दै वैद्यले भारतमा पछिल्लो समय कोरोना निकै फैलिएको र सिरम इन्स्टिच्युटमा आगो लागेकाले उत्पादनमा प्राविधिक समस्या भएकाले नेपालमा खोप आउन नसकेको तर्क गरेका छन्।

आयातको सहमती भएको २० लाख मध्ये १० लाख डोज खोप कमिसन नमिलेकै कारण नेपाल नआएको आरोपलाई ठाडै अस्विकार गर्दै बैद्यले नेपाल आइसकेको १० लाख डोजमा नियम सम्वतरुपमा पाउनुपर्ने सेवा शुल्क समेत महामारीका बेला नागरिक प्रतिको समाजिक उत्तरदायित्व महसुस गर्दै नलिने निर्णय गरेको र त्यसबापत स्वास्थ्य मन्त्रालयले पत्रै लेखेर धन्यवाद ज्ञापन समेत गरेको बिज्ञप्तीमा उल्लेख गरेका छन्। 

उनले विज्ञप्तिमा लेखेका छन्, "२० लाख डोज भ्याक्सिन आयातको सहमति नेपाल र भारतका दुई सरकार बीचको सिधा संवादबाट भएको हो, आधिकारिक बिक्रेता हुनुको नाताले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन, बरू यसमा बुझ्नुपर्ने कुरा के छ भने, यस खरिदमा सरकारी वार्ता टोली र हाम्रा बिच भएको वार्ताबाट हामीले नियमसम्मत रूपमा पाउनुपर्ने सेवा शुल्क समेत महामारीका बेला नागरिकप्रतिको समाजिक उत्तरदायित्व महसुस गर्दै नलिने निर्णय गरेको र त्यसबापत स्वास्थ्य मन्त्रालयले पत्रै लेखेर धन्यवाद ज्ञापन समेत गरेको सबैलाई विनम्र आग्रह गरिन्छ ।"

आफुले लिएको अग्रसरता बमोजिम काम भएको भए सिंगो नेपाली जनतालाई यतिबेला भ्याक्सिन दिइसकिएको हुने दाबि गर्दै बैद्यले नेपाली नागरिकको जिवन रक्षालाई पहिलो प्रथामिकतामा राख्दै भ्याक्सिन आयातका लागि आफ्नो तर्फबाट सधै तत्पर रहेको जानकररी गराएका छन्। साथै यसका लागि  सरकारी सयन्त्रहरुको हात पनि अघि बढोस भन्ने उनले आग्रह गरेका छन्। 

यस्तो छ उनको विज्ञप्तिको पूर्ण पाठ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हवाला दिदै बिभिन्न सञ्चार माध्यममा भारतबाट आयात हुनुपर्ने कोभिड १९ रोग विरुद्धको भ्याक्सिन नेपाल स्थित आधिकारिक बिक्रेताका कारण हुन नसकेको भन्ने समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

अक्सफोर्ड, एक्स्ट्राजेनिकाको अनुसन्धान तथा सिरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड भ्याक्सिन नेपालमा आयात गर्न हामी श्री हुकुम डिस्ट्रिब्युसन आधिकारिक बिक्रेता भएको भएपनि अहिले सम्म नेपालमा आयात भएको भ्याक्सिनमा हाम्रो आधिकारिक सहभागिता नरहेको स्पष्ट पार्न चाहन्छौँ। भारत सरकारका तर्फबाट नेपाललाई अनुदान स्वरुप पहिलो चरणमा १० लाख डोज कोभिसिल्ड प्राप्त भएको थियो। त्यसलगत्तै नेपाल सरकार र भारत सरकारका बिच २० लाख भ्याक्सिन डोज खरिद गर्ने सहमति भएको थियो।

नेपाल सरकारको आग्रहमा भारत सरकारको सदाशयता बमोजिम २० लाख डोज विशेष सहुलियतमा नेपाललाई उपलब्ध गराउने सहमति भएको सबैलाई सर्वविदितै छ। जस अनुसार १० लाख डोज भ्याक्सिन समयमै नेपालले प्राप्त गरिसकेको छ। सहमति बमोजिमको बाँकि १० लाख डोज भ्याक्सिन भारतमा फैलिएको महामारीको अत्यासलाग्दो दोश्रो लहरको मारमा परेको छ।

भारतमा तिव्र रुपमा फैलिएको दोश्रो लहरको महामारी र सिरम इन्स्टिच्युटको कारखानामा आगलागी भएर उत्पादनमा आएको प्राविधिक समस्याका कारण भ्याक्सिन निर्यातमा असहजता आएकाले नेपालमा आयात हुन सम्भव नभएको तथ्यलाई नजरअन्दाज गर्दै विषयान्तर गर्न खोज्नु नागरिकको स्वास्थ्यमाथि खेलवाड हो भन्ने हाम्रो बुझाइ छ। र आम जनतामा भ्रम पर्ने गरि स्वास्थ्य मन्त्रालयको समेत प्रतिक्रिया समावेश गरि सार्वजनिक गरिएका समाचार प्रति हाम्रो भन्नु यत्ति छ  ।

“२० लाख डोज भ्याक्सिन आयतको सहमति नेपाल र भारतका दुई सरकार बीचको सिधा संवादबाट भएको हो। आधिकारिक बिक्रेता हुनुको नाताले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन। बरु यसमा बुझ्नुपर्ने कुरा के छ भने स् यस खरिदमा सरकारी वार्ता टोली र हाम्रा बिच भएको वार्ताबाट हामीले नियम सम्वतरुपमा पाउनुपर्ने सेवा शुल्क समेत महामारीका बेला नागरिक प्रतिको समाजिक उत्तरदायित्व महसुस गर्दै नलिने निर्णय गरेको र त्यसबापत स्वास्थ्य मन्त्रालयले पत्रै लेखेर धन्यवाद ज्ञापन समेत गरेको सबैलाई विनम्र आग्रह गरिन्छ”।
ईन्स्टिच्युटको आधिकारिक बिक्रेता हुनुको नाताले हामीलाई जानकारी भएको विषय के हो भने “सम्झौता बमोजिमको दोश्रो लटको भ्याक्सिन आयात हुन नसक्नुको एउटा मात्रै कारण भारतमा सिर्जना भएको असहज परिस्थिति र उत्पादनमा आएको प्राविधिक समस्या मात्रै हो। यसको मारमा नेपालमात्रै होइन अग्रिम भुक्तानी गरिसकेका विश्वका दर्जनौ देशहरु पनि परिरहेको हामी सबैलाई जानकारी भएकै विषय हो ।”

आयातमा सहजता आउने बितिकै सिरम इन्स्टीच्युटले नेपालमा सम्झौता बमोजिमको दोश्रो लटको भ्याक्सिन निर्यात गर्न पहिलो प्रथामिकतामा राखेको नेपाल स्थित आधिकारिक बिक्रेता भएको नाताले सबैलाई जानकारी गराउँदछौ। अन्तमा जनताको जिवन रक्षा आजको सबैभन्दा महत्वपूर्ण एजेण्डा हो। सोही आवश्यक्ता महसुश गर्दै हामीले समयमै भ्याक्सिन आयातका लागि सरकारका आधिकारिक निकाय समक्ष सबै प्रस्तावहरु पेश गरेको कुरा स्वयं स्वास्थ्य मन्त्रालयलाई जानकारी भएकै विषय हो।
यदि हामीले लिएको अग्रसरता बमोजिम काम भएको भए सिंगो नेपाली जनतालाई यतिबेला भ्याक्सिन दिइसकिने समेत सम्बन्धित निकायलाई अवगत गराउन चाहन्छौ। यद्दपि फेरि पनि नागरिकको जिवन रक्षालाई पहिलो प्रथामिकतामा राख्दै भ्याक्सिन आयातका लागि हामी हाम्रो तर्फबाट सधै तत्पर रहेको जानकराी गराउँदै सोही बमोजिम सरकारी सयन्त्रहरुको हात पनि अघि बढोस भनि आग्रह गर्दछौ।

आरोप के हो ?

नेपाल सरकारले भारत सरकारका तर्फबाट अनुदान स्वरुप पहिलो चरणमा १० लाख डोज कोभिसिल्ड प्राप्त गरेको थियो। त्यसलगत्तै नेपाल सरकार र भारत सरकारका बिच २० लाख भ्याक्सिन डोज खरिद गर्ने सहमति भएको थियो। जसमध्ये १० लाख डोज भ्याक्सिन समयमै नेपालले प्राप्त गरिसकेको छ। तर बाँकी १० लाख भ्याक्सिन डोज नेपालले अहिलेसम्म प्राप्त गर्न सकेको छैन। 

वैद्यमाथि कमिसनको कुरा नमिल्दा नेपालमा कोरोना बिरुद्धको खोप ल्याउनलाई ढिलाई भएको आरोप लागेको छ। नेपालले किनेको १० लाख डोज भ्याक्सिनमा बैधानिक १० प्रतिशत कमिसन नलिएपनि बाँकी रहेको १० लाख डोज भ्याक्सिनमा सुरज बैद्यले (प्रतिडोज ४० सेन्ट अमेरिकी डलर) कमिसनको दाबी गरेको र त्यो कमिसन नमिल्दा खोप नेपाल नआएको आरोप छ। 

भारतमा राम्रो सम्बन्ध रहेको तथा मिस इण्डिया समेत रहेकी श्रीमती ऋतु सिंह मार्फत खोप खरिदको सम्पूर्ण प्रकृया गरेको र उताबाट नै कमिसनको कुरा मिलाएको वैद्यमाथी आरोप छ।  आउँन बाँकी रहेको १० लाख डोज भ्याक्सिनबाट प्रति डोज कमिसन ४० सेन्ट हुँदा पनि कमिसन बापत उनीहरुलाई झन्डै ९ करोड आउने देखिन्छ। 

त्यस्तै नेपाल सरकारले थप ५० लाख डोज भ्याक्सिन पनि सिरमबाट नै खरिद गर्ने गरि लबिङ गरिएको, यस पटक अगाडीको मुल्यमा झन्डै ५० प्रतिशत थपी गरि प्रति डोज ६ डलर पुर्याइएको,  त्यसमा पनि सुरज वैद्यको कम्पनीलाई अनुमती दिइएको र यसमा प्रति डोज ५५ सेन्ट अमेरिकी डलर कमिसन दाबी गरिएको आरोप छ। लबिङ गरिएको ५० लाख डोज भ्याक्सिनबाट मात्रै नेपालका आधिकारिक एजेन्ट भनिएका सुरज वैध र विजय दुगडले झन्डै ३२ करोड कमिसन पाउने देखिएको छ।  

भारतको खोप बिक्रेता कम्पनी सिरम इन्स्टिच्युटले आफ्नो नेपालको आधिकारिक एजेन्टहरु मार्फत खोप खरिद प्रकृया अगाडी बढाउँनलाई स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा बिभागलाई पत्र लेखे पश्चात कमिसनको कुरा बाहिर आएको हो। खोप ल्याउने अनुमती पाएको हुकुम डिस्ट्रिब्युसनसँग आबद्ध सुरज वैद्य र अर्का व्यक्ति विजय दुगडले १० प्रतिशत कमिसन बैधानिक भएको र सो कमिसन पाउनुपर्ने दाबी गरेकाले नेपालमा बाँकी खोप आउँन नसकेको उनीहरुमाथि आरोप छ।

नेपालले कोरोना बिरुद्धको खोप खरिदका लागि विजय दुगड र उनका छोरा अभिषेक दुगड तथा सुरज वैद्य र उनकी श्रीमती रितुसिंह वैद्य सेयरहोल्डर रहेको कम्पनी "हुकुम डिस्ट्रिब्युसन एण्ड लजिस्टिक प्राइभेट लिमिटेड" र इब्राल्ड फर्मालाई अनुमती दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved