अल्का अस्पतालमा अक्सिजन आपूर्तिमा समस्या,सहज बनाउँन सरकारसँग माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 01:14:47 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको अल्का अस्पतालमा कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको अभाव शुरु भएको छ । शुक्रबार विज्ञप्ति जारी गरेर अल्का अस्पतालको प्रशासन विभागले अस्पतालमा अक्सिजन आपूर्तिमा कठिनाइ उत्पन्न भएको जनाएको हो ।

‘अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ,‘अल्का अस्पतालका सिओओ दीपेन्द्र पोखरेलले भने ‘अस्पतालमा विरामीहरुको चाप बढ्दै गइरहेको छ अक्सिजन आपूर्तिमा समस्या थपिदैँ गइरहेको छ, विरामीहरुको उपचार कसरी गर्ने ।’

उनका अनुसार अल्का अस्पताललाई अहिले दैनिक १ सय ५० वटा सिलिण्डर आवश्यक पर्छ । ४४ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको छ ।  

अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज संचारकर्मी लगायत सबैमा अनुरोध गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved