भारतले रोकेकाले मात्र होइन नेपालीको बुझाईले पनि बजारमा 'रेम्डिसिभिर' को अभाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 02:53:18 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपाल लगायतका देशमा निर्यातमा रोक लगाएपछि  कोरोना भाइरसबाट संक्रमितको उपचारमा प्रयोग गरिने रेम्ड़ीसिभिर को अभाव देखिएको छ। आयातको अनुमती पाएका कम्पनीहरुले समेत भनेजति ल्याउन नसकेपछि यसको अभाव देखिएको औषधि व्यवस्था विभागले जनाएको छ। 

बिगतमा भारतबाट आवश्यकताअनुसार रेम्ड़ीसिभिर को आयात भईरहेकोमा पछिल्लो समय भारतले निर्यातमा रोक लगाएपछि बंगलादेशबाट मात्र नेपालमा रेम्ड़ीसिभिर आयात हुने गरेको छ। भारतले नेपाल लगायतका देशहरुमा रेम्ड़ीसिभिर को निर्यातमा रोक लगाएपछि अन्य देशहरु पनि बंगलादेशमाथि निर्भर रहंदा नेपालका आयातकर्ताहरुले अनुमती पाएको जति परिमाणमा रेम्ड़ीसिभिर ल्याउन नसकिएको बिभागका प्रवक्ता सन्तोस केसीले बताए। 

प्रवक्ता केसीकाअनुसार भारतले निर्यातमा रोक लगाउँदा नेपालमा रेम्ड़ीसिभिरको माग र आपूर्तिको सन्तुलन बिग्रिएको छ तर यो मात्र मुख्य कारण होइन। मानिसहरुमा कोरोना संक्रमितको उपचारको लागि रेम्ड़ीसिभिर नै औषधि हो भन्ने बुझाई छ तर वास्तवमा रेम्ड़ीसिभिर अचुक औषधि होइन।

प्रवक्ता केसी अगाडी भन्छन्, "सबै कोरोना संक्रमितलाई रेम्ड़ीसिभिर आवश्यक नपर्ने र आवश्यक परेकालाई पनि एकै पटक ५ भाइल नदिईने तर एउटा बिरामीको लागि एकै पटक स्टकमा राखिने गरेकाले पनि यसको अभाव भएको हो।  केहि दिनमा यो आफै सहज हुन्छ र सहजै उपलब्ध हुन्छ।"

भारतले निर्यातमा रोक लगाएपछि बिभिन्न ९ वटा कम्पनीले करिब ८५ हजार भाईल रेम्ड़ीसिभिर आयात गर्न पाउने अनुमति पाएका छन्। तर अहिलेसम्म दुईवटा कम्पनीले दुई पटक गरेर मात्र ७ हजार भाईल रेम्ड़ीसिभिर नेपाल भित्र्याएर सम्बन्धित अस्पतालमा पठाईसकेका छन्। 

हार्मो मेडी कन्सर्न प्राइभेट लिमिटेडले यहि बैशाख २१ गते बेक्जिमको फर्मास्युटिकल लिमिटेड बंगालदेशबाट उत्पादित बेम्जिभिर इन्जेक्सन (रेम्ड़ीसिभिर) ३ हजार भाईल आयात गरेको छ भने यहि बैशाख २३ गते आयान हेल्थ केयर प्राइभेट लिमिटेडले इन्सेप्टा फर्मास्युटिकल बंगलादेशबाट उत्पादित निनाभिर इन्जेक्सन (रेम्ड़ीसिभिर) ४ हजार भाइल आयात गरेको छ। हिजो बैशाख २३ गते नेपाल भित्रिएको रेम्ड़ीसिभिर पुर्वका सहित ४५ अस्पतालहरुमा वितरण गरिएको बिभागले जनाएको छ। 

बुझाईमा कमी हुँदा माग बढ्यो 

रेम्ड़ीसिभिर कोरोना संक्रमितको उपचारको लागि प्रयोग गरीएपनि कोरोनाको अचुक औषधि भने होइन। तर कोरोना संक्रमितहरुले रेम्ड़ीसिभिर लाई कोरोनाको अचुक औषधिको रुपमा लिएकाले र जनमानसमा पनि यस्तै प्रकारको छाप परेकाले पछिल्लो समय यसको माग बढेको बिभाग तथा चिकित्सकहरुको बुझाई रहेको छ। 

सबै प्र्कारका कोभिड १९ का बिरामीलाई रेम्ड़ीसिभिर को आवश्यक नपर्ने र यसको प्रयोग आइसीयुमा भएका बिरामिलाई डाक्टरको सिफारिस तथा अस्पतालको जिम्मेवारीमा मात्र गरिने नेपाल मेडिकल काउन्सिलका सदस्य तथा नेपाल चिकित्सक संघका प्रवक्ता तथा सह कोषाध्यक्ष विश्वराज दवाडीले बिजपाटीलाई बताए। 

कसरी हुन्छ वितरण ?

 स्वास्थ्य मन्त्रालयसँग सम्झौता बमोजिम संचालन गर्ने तथा मन्त्रालयले तयार गरेको पोर्टोकल अनुसार मात्र रेम्ड़ीसिभिर वितरण हुन्छ। स्वास्थ्य मन्त्रलायले पहिचान गरेका अस्पतालहरुमा मात्र रेम्ड़ीसिभिर  वितरण हुन्छ भने सम्बन्धित अस्पतालका चिकित्सकहरुको सिफारिसमा मात्र आवश्यक पर्ने कोरोना संक्रमितलाई रेम्ड़ीसिभिर उपलब्ध हुन्छ।  रेम्ड़ीसिभिर  को बजार मुल्य प्रति भाइल ५१०० रुपैयाँ भएपनि नेपाली बजारमा यसको मुल्य ४९०० कायम गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved