चीनबाट ल्याईएको अक्सिजन सिलिण्डर बाँडियो, कुन अस्पताललाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 05:46:28 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनबाट हवाई चार्टर गरी ल्याईएको ४ सय थान अक्सिजन सिलिण्डर वितरण गरिएको छ । विभिन्न अस्पताललाई भाग लगाएर अक्सिजन सिलिण्डरहरु वितरण गरिएको हो । 

कुन अस्पताललाई कति ? 

वीर अस्पताललाई ५० थान सिलिण्डर उपलब्ध गराईएको  छ । पाटन अस्पताललाई ५० थान, त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) लाई ५० थान, सेती प्रादेशिक अस्पताललाई ४५ थान र र लुम्बिनी प्रादेशिक अस्पताललाई ४५ थान सिलिण्डर वितरण गरिएको हो । सिभिल अस्पताललाई ४० थान, शसस्त्र प्रहरी अस्पताललाई २५ थान, किष्ट मेडिकल कलेजलाई २० थान, केएमसी हस्पिटललाई २० थान र एनएमसी अस्पताललाई २० थान अक्सिजन सिलिण्डर बाँडिएको हो । 

क्रितिपुर आयुर्वेद अनुसन्धान केन्द्रलाई २० थान र मनमोहन अस्पताललाई २० थान सिलिण्डर दिईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved