अक्सिजन सिलिण्डर लिन निगमको जहाज ओमान जाँदै, हरेक दिन बेइजिङ पठाउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2021 | 10:17:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सको जहाज ओमान जाने भएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिण्डर लिन निगमको जहाज शनिबार ओमान जाने भएको हो ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलका अनुसार निगमको जहाज ओमानको राजधानी मस्कट जाने भएको हो । 

ओमनबाट फर्केर शनिबार नै सोही जहाज चीनको बेईजिङ जानेछ । निगमको जहाज चीनमा नेपालका लागि तयार भएका ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४ सय थान सिलिण्डर र अरु सामग्री लिन जाने भएको हो । 

त्यसपछि हरेक दिन ५५० थान सिलिण्डर लिन हरेक दिन नै निगमको ए ३३० बेइजिङ चीन जानेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved