चैत २५ पछि संक्रमण भएका र लक्षण देखिएका व्यक्तिलाई भेरोसेलको दोस्रो डोज नदिइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2021 | 12:22:36 PM मा प्रकाशित

laxmi  sunrise bank

चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई भेरोसेल खोपको दोस्रो डोज नदिईने भएको छ । जेठ २ गतेदेखि सुरु हुने दोस्रो डोज खोप अभियानमा काठमाडौँ महानगरपालिकाले आफ्ना नागरिकलाई सहभागी नगराउने भएको हो ।

जनस्वास्थ्य विभागले आज वडा क्लिनिक इञ्चार्जहरुसँग अनलाइन बैठक गर्दै भनेको छ, ‘यी व्यक्तिहरुका विषयमा फेरि निर्णय हुनेछ । अहिलेको भ्याक्सिन चैत २५ देखि बैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसपछि कोभिडको संक्रमण नभएका व्यक्तिहरुका लागि मात्र हो । यसैगरी परीक्षण गरेर एकिन नभएका तर कोविडका लक्षण देखिएका व्यक्तिलाई पनि दोस्रो डोज खोप दिइनेछैन ।’

विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘माथिल्ला निकायबाट निर्देशनबमोजिम हामी खोप सञ्चालन गछौँ । यसैविच केही नयाँ निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौँ ।’

जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने कोभिड विरुद्धको खोप, भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न काठमाडौँ महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ । खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र एक जना खोपकर्ता बराबर ३ जना स्वयमसेवक परिचालन हुनेछन् । पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउने दिन तोकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो । यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरु पर्नेछन् । 

दोस्रो डोज खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दास्रो खोप दिइनेछ । यसै गरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ चैत ३१ र २०७८ बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ । 

बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ ।

बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ । यी दिनहरुमा पहिलो खोप लगाउनेको संख्या धेरै थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved