मध्यपूर्वमा रहेका नेपालीले पठाएको ५६० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण, कुन प्रदेशलाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2021 | 12:24:05 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५६० वटा अक्सिजन सिलिण्डर स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण गरेको छ । नेपालमा देखिएको अक्सिजन सिलिण्डर संकट समाधान गर्न मध्यपूर्वका गैरआवासीय नेपालीले पठाएका ५६० वटा सिलिण्डर स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरिएको हो । 

सिलिण्डरहरू प्राथमिकता क्रममा वितरण गरिने बताईएको छ । 

प्राथमिकता क्रम:

सुदूरपश्चिम प्रदेशः १००

कर्णाली प्रदेशः १००

लुम्बिनी प्रदेशः २००

प्रदेश नम्बर २ः ८५

गण्डकी प्रदेशः ७५

‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत मध्यपूर्वका गैरआवासीय नेपालीले सिलिण्डर नेपाल पठाएका हुन् । थप सहायता आउने क्रममा रहेको ६७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराईने एनआरएनएले जनाएको छ ।

सहयोग र सजीकरणमा जुट्ने सबैमा हार्दिक धन्यवाद 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved