सल्यानमा स्वास्थ्य सामग्री खरिदमा घोटाला, छानविनमा तानिए स्वास्थ्य सेवाका हाकिम

केशव सुवेदी/बिजपाटी

केशव सुवेदी/बिजपाटी

May 18, 2021 | 01:17:21 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ को महामारी जस्तो कठिन परिस्थितिमा पनि स्वास्थ्य सामग्री खरिदमा घोटाला भएको पाइएको छ। अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सनट्रेटर खरिद गरिएको तर पैसा भने प्लान्टकै लिएपछि घोटाला भएको पाइएको हो। 

स्वास्थ्य सेवा कार्यलय सल्यानका प्रमुख सहित अन्य दुई जना मिलेर यस्तो घोटाला गरेको खुलासा भएको हो। उनीहरुले अक्सिजन कन्सनट्रेटरलाई अक्सिजन प्लान्ट भन्दै ३८ लाख रुपैयाँ दाबी गरेपछि यो घटनाको खुलासा भएको हो।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठसहित अन्य २ जनाले २ लाख पर्ने अक्सिजन कन्सनट्रेटरलाई ४० लाखमा किनेको अक्सिजन प्लान्ट भन्दै  बिल गरेका छन्। अझ अचम्म त उक्त अक्सिजन कन्सनट्रेटरलाई अक्सिजन प्लान्ट भन्दै कार्यालयले प्रमुख जिल्ला अधिकारी र नगरपालिका प्रमुखबाट उद्घाटन समेत गराएको छ ।

घटना बाहिर आएपछि जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी  थमन खड्काको नेतृत्वमा छानविन समिति गठन भएको छ  ।  छानविन समितिको संयोजक समेत रहेका खड्काले सामान खरिदको सम्पूर्ण कागजात् लिइ सकेको र छिटै छानविन हुने बिजपाटीलाई बताए। वायोजनिक इन्जिनियर नभएकोले छानविन प्रतिवेदन आउँन ढिलाई भएको उनको भनाई छ । 

उनले भने ‘जिल्लामा वायोजनिक इन्जिनियर नभएको कारण छानबिन हुन सकेको छैन र इन्जिनियरलाई बाहिर जिल्लाबाट बोलाउने काम भइसकेको छ ।’ 

यस्तै ३८ लाख घोटालाको आरोप लागेका जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले यो विषय छानविनको क्रममा रहेकाले आफुले केही पनि नबोल्ने बताए।  छानविनबाट जुन निष्कर्ष आउँछ त्यो आफुहरु मान्न तयार रहेको समेत उनले बताए। उनका अनुसार सामान खरिदको ठेक्का ड्यागन मिडिकेटले लिएको थियो। ठेकेदारले नै आफुले खरिद गरेको सामग्रीलाई अक्सिजन प्लान्ट भनी सप्लाई गरेको श्रेष्ठको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved