स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामाग्री आइपुग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2021 | 09:22:41 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसै साता विभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ । 

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भएको टेलिफोन संवादमा नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको जानकारी दिएकी हुन् । 

राजदूत क्यापिलरका अनुसार, स्वीजरल्याण्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको हो । स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने स्वीस राजदूत क्यापिलरले जानकारी दिईन्। चार्टर्ड फ्लाइटको खर्च पनि स्वीस सरकारले नै व्यहोर्ने भएको छ । 

उपप्रधानमन्त्री पोखरेलले नेपाल र नेपालीप्रति सदभाव देखाएकोमा स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिए । कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित अमेरिकी राजदूत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकसँग सहयोगका लागि अपिल गरेका थिए । नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत सहयोगका लागि कुटनीतिक पहल गरिरहेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved