लायन्स क्लबको सहयोगमा नेपाल भारत मैत्री–अस्पतालमा कोभिड एचडियु वार्ड संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2021 | 03:06:52 PM मा प्रकाशित

laxmi  sunrise bank

लायन्स क्लब अफ काठमान्डौ समर्पणको सहयोगमा आज देखि १५ सैयाको कोभिड एचडियु वार्ड मित्रपार्क स्थित नेपाल भारत मैत्री–अस्पतालमा संचालनमा आएको छ ।  

लायन्स क्लब अफ काठमान्डौ समर्पणले दुईवटा हाईफ्लो मेशिन र छ वटा बाईप्याप् मेशिन कोभिड बिरामीहरुका लागि निशुल्क रुपमा सेवा दिन अस्पताललाई प्रदान गरेको लायन्स समर्पणका अध्यक्ष श्री दीपक बंसलले जानकारी दिए ।

कोभिड १९ को दोस्रो लहरले नेपालमा पनि निकै कठिन अवस्था सृजना गरेको अहिलेको अवस्थामा अझै आवश्यकता अनुसार जीवन रक्षक उपकरणहरु [Life Saving Equipments] HDU  वार्डमा उपलब्ध गराउने लायन्स समर्पणका उपाध्यक्ष लभेन्द्र सिंंह मल्ल र सचिब अखिल अग्रवालले जानकारी दिएका छन् ।

 लायन्स क्लब समर्पणसंग सहकार्य गरेर अझै नयाँ कोभिड वार्ड खोल्ने कार्य समेत भईरहेको अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved