तिब्बतले दिएको लिक्विड अक्सिजन तातोपानी आइपुग्यो, स्कर्टिङ गरेर काठमाडौं ल्याइँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2021 | 05:29:16 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको स्वशासित तिब्बत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको लिक्विड अक्सिजन तातोपानी भन्सार कार्यालयमा आईपुगेको छ । ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्ग हुँदै तातोपानी पठाएको थियो । 

लिक्विड अक्सिजनका १५० सिलिण्डर भन्सारमा आइपुगेको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । सामानको तौल ३० मेट्रिक टन रहेको छ । लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्नेछ ।

‘लिक्विड अक्सिजनसहित २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेट पनि चीनले पठाएको छ, ती सामग्री आउने क्रममा रहेको छ’ गौतमले भने, ‘हामीले लिक्विड अक्सिजन बुझ्यौं, अब स्वास्थ्य सेवा विभागबाट आउनु भएका प्रतिनिधिलाई बुझाउँछौं ।’

ती लिक्विड अक्सिजन दमकलसहितको प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याउने छ । चीनबाट तातोपानीसम्म ल्याउन पनि दमकलले स्कर्टिङ गरेको थियो । अक्सिजन लिक्विड संवेदनशील चिज भएकाले दमकलसहितको स्कर्टिङ गर्नुपर्ने हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved