सरकारले अमेरिकाबाट कोरोनाविरुद्दको ५० लाख डोज भ्याक्सिन खरिद गर्ने भएको छ । अमेरिकाले बनाएको ‘जोन्सन एण्ड जोन्सन’ खोप खरिदका लागि नेपाल सरकारले पत्राचार गरिसकेको छ ।
अमेरिकास्थित नेपाली दूतावासबाट यसको आवश्यक समन्वय भइरहेको बताईएको छ ।
५० लाख डोज एस्ट्राजेनिका खोप खरिद गर्न बेलायती निकायसँग पनि आवश्यक पहल र समन्वय भइरहेको उपप्रधानमन्त्री इश्वर पोखरेलको सचिवालयले जनाएको छ ।