सातै प्रदेशमा एनआरएनएको पहलबाट अक्सिजन प्लान्ट स्थापना गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2021 | 03:03:11 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को आईतबार बसेको बैठकले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ ।  

सङ्घका अध्यक्ष कुमार पन्तकाे अध्यक्षतामा बसेको बैठकले कोरोना महामारी संक्रमणलाई नियन्त्रण गर्नका लागि सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।

सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरेको जनाईएको छ । 

त्यस्तै सङ्घको बैठकले नेपालीले विभिन्न देशको यात्रा गर्दा तथा नेपाल फर्किदा नेपाली दूतावासबाट अनुमति लिनुपर्ने लगायतका अनेकौँ विषयमा समस्या परेको गुनासो सुनिएकाले यस्ता विद्यमान झन्झटिला प्रावधान हटाई यात्रा सहजीकरण गरिदिनसमेत सरकारसँग अनुरोध गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved