बेलायत सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । २६० थान भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड सहितका स्वास्थ्य सामग्री चार्टर्ड उडानबाट शुक्रबार काठमाडौं ल्याइएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छिन् । परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार उक्त उडानबाट च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको छ ।