मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श शुरू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 03:26:20 PM मा प्रकाशित

laxmi  sunrise bank

मिदास टेक्नोलोजिज्स् प्रा.लि ले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडियो परामर्श बिहीवारदेखि शुरू गरेको छ ।

कोभिड–१९ महामारीका कारण जारी बन्दाबन्दीले धेरै बिरामीहरू नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै भिडियो परामर्श शुरु गरेको हो । 

समयमै उपचार वा परामर्शबाट बन्चित हुनुपर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ ।

नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यस एपमा उपलब्ध हुने हुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदासका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताए । 

जारी कोभिड–१९, को बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एप मार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाईएको छ । यसबाट स्वयम् विरामीहरुको समय र पैसा दुवैको बचत भइ अस्पतालहरुमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीले लिएको छ ।

जारी कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श सबै यस अनलाइन भिडियो परामर्शमा निशूल्क हुनेगरी व्यवस्था मिलाएको जनाईएको छ ।

यो सेवा कसरी लिने ?

विरामीहरुले आफुसँग रहेका मोबाइल अथवा ल्याप–टप मार्फत आफुले अनलाइन भिडियो परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सकिनेछ । 

एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरमा गएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्नुपर्ने र ष्इक् फोन प्रयोगकर्ताका लागि भने एप्पल स्टोरमा गएर तुरुन्तै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सकिनेछ । सिधै धधध।mभचयमयअतयच।अयm टाइप गरेर पनि यो सेवा लिन सकिनेछ । नजिकैको फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर समेत सेवा लिन सकिने मिदासले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved