यी ३ ठाउँमा बन्ने भए ट्रमा सेन्टर, एक ठाउँमा सम्भाव्यता अध्ययन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 01:13:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षमा ढल्केवर, बर्दघाट र लम्की गरि ३ ठाउँमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थीक वर्ष ७८/७९ को बजेट विनियोजन गर्दै यी ३ स्थानमा ट्रमा सेन्टर स्थापना गरिने र धादिङ्गको वेल्खुमा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिने बताएका हुन् । 

वीर अस्पतालको विस्तारित सेवा सञ्चालन गर्न भक्तपुरको दुवाकोटमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण गरिने भएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन लगायत पूर्वतयारीको कार्य सम्पन्न गरिने मन्त्री पौडेलले बताए ।

भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन एकैसाथ पूरा गरी अस्पताल सञ्चालनमा ल्याइने र यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालय मार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने मन्त्री पौडेलले जानकारी दिए । काठमाण्डौको जडीबुटीदेखि अस्पताल निर्माणस्थलसम्म मनोहरा नदीको दुवै किनारामा चार/चार लेनको करिडोर सडक समेत निर्माण गरिने उनले बताए । 

रोग निदानका लागि विदेशमा नमुना परीक्षण गर्न पठाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न पूर्वाधार विकास र आवश्यक उपकरणको व्यवस्था गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सेन्टर अफ एक्सिलेन्सको रुपमा स्तरोन्नति गरिने र प्रादेशिक प्रयोगशालालाई रिफरल प्रयोगशालामा स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved