नेपालमै डायलासीस र कोभिडको औषधि उत्पादन हुने, प्रधानमन्त्री ओलीको विशेष चासो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2021 | 01:16:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल औषधि लिमिटेडले  कोरोना संक्रमितको उपचारमा प्रयोग गरिंदै आएको औषधि उत्पादन गर्ने तयारी थालेको छ। औषधिहरुको नियामक सँस्था नेपाल औषधि विभागले अनुमति दिए लगत्तै कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्ने तयारी भएको लिमिटेडले जनाएको छ।

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने केहि औषधि तत्कालै उत्पादन सम्भव भएकाले आफुहरुले विभागसँग यसको उत्पादन अनुमति मागेको नेपाल औषधि लिमिटेडका महाप्रवन्धन्क मोहम्मद सफिउल्लाहले बिजपाटीलाई बताए। 

कोरोना संक्रमितको उपचारमा प्रयोग भईरहेका मध्ये एजी प्रोफाइसिन: एजिथ्रो माईसीन, सिप्रो प्लाटसानिक: सिप्रोफलोक्सासिन, फोलिम एसिड: फोलिक एसिड, भिटामिन सी, मेट्रोनिडाजोल डिएफ औषधि उत्पादनको अनुमति मागेको उनले बताए। नेपालमै यो औषधि बन्न सक्ने भएपछि विभागले पनि साथ दिएकाले छिट्टै उत्पादन अनुमती पाउने विश्वास रहेको सफिउल्लाहको भनाई छ। 

असार मसान्तभित्रै प्रत्यारोपण 'डायलसीस' को औषधि उत्पादन गर्ने लक्ष्य 

त्यस्तै नेपाल औषधि लिमिटेडले चालू आर्थिक बर्ष अर्थात अबको डेढ महिनाभित्रै प्रत्यारोपण 'डायलसीस' को औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि पूर्वाधार तयार गरि हाल विश्व स्वास्थ्य संगठनको मापदण्ड जीमपी मापदण्ड पुरा गर्नेगरि आन्तरिक संचरनाको काम भईरहेको र यहि असार मसान्तसम्ममा औषधि उत्पादन थाल्ने लक्ष्य राखिएको महाप्रबन्धक सफिउल्लाहले बताए। 

महाप्रबन्धक सफिउल्लाहका अनुसार औषधि लिमिटेडबाटै प्रत्यारोपण 'डायलसीस' को औषधि उत्पादन गर्नलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चाँसो र साथ रहेको छ। यस कार्यमा प्रधानमन्त्रीको साथै पूर्व उद्योगमन्त्री लेखराज भट्ट , अर्थसचिव तथा अर्थका अधिकारीहरुको विशेष साथ रहेको छ। 

नेपालमा हाल एक निजि लगानीको कम्पनीले डायलसीस औषधि बनाउदै आएपनि यो पर्याप्त नभएकाले अहिलेपनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ। औषधि लिमिटेडले डायलसीसको औषधि उत्पादन थालेपछि एउटा डायलसीसको औषधि झन्डै १८०० रुपैयाँले सस्तो पर्ने महाप्रबन्धक सफिउल्लाहको दाबि छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved