दया फाउण्डेशनद्धारा अस्पतालहरुलाई चिकित्सा उपकरण सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2021 | 09:31:07 AM मा प्रकाशित

laxmi  sunrise bank

दया फाउण्डेशनले देशमा व्याप्त कोरोना महामारी संक्रमणको उपचारमा सहयोग पुर्याउन सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।

कोरोना महामारी संक्रमणको उपचारको क्रममा खडा भएका चुनौती तथा समस्याहरुको समाधानमा राहत पु¥याउने उद्देश्यले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई चिकित्सा उपकरणहरु प्रदान गरेको हो । 

संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेन्टरमा हालसम्म ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ ।

कोभिड–१९ को कारणले सिङ्गो राष्ट्र स्वास्थ्य सङ्कटमा परेको यस विषम परिस्थितीमा आफ्नो संस्था अगाडी बढी थोरै नै भएपनि सहयोग गर्न पाएकोमा फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले खुशी व्यक्त गरे ।

संस्थाले सहयोग गरेको अस्पतालहरु विशेषत निम्न आय वर्ग भएकाहरुको उपचारको लागी लक्षित भएको हुँदा यस सहयोगले विपन्न वर्गको कोभिड–१९ को उपचारमा टेवा पु¥याउने अध्यक्ष प्रधानको भनाई छ । उनले निजि क्षेत्र पनि यस विषम परिस्थितिमा अगाडी आई समाज सेवामा अग्रसर हुनु पर्ने बताए ।

संस्थाबाट कोभिड सम्बन्धी कार्यक्रमहरुको समन्वय तथा संयोजन गर्दै आएका संस्थाका पूर्व अध्यक्ष किपा माथेमाका अनुसार फाउण्डेशनले विविध स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने मात्र नभई संक्रमितको उपचारमा संलग्न रहँदै आएका जनशक्तिको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न तालिमहरुको आयोजना गरिने बताए ।

फाउण्डेशनले क्रिटिकल केयर नर्सिङ्ग संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउण्डेशनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ्ग सम्बन्धी भर्चुयल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ भने कोरोना उपचारका क्रममा आवश्यक विशेष सीप नर्सहरूलाई उपलब्ध गराउने उद्देश्यले गत जेठ ९ गते थालिएको प्रशिक्षण जेठ २१ गतेसम्म जारी रहने बताईएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved