चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा प्रयोगको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2021 | 06:06:16 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ खोप सिनोभ्याकले नेपाललमा प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई अनुमति दिएको हो ।

१८ वर्षभन्दा बढी उमेर समूहका मानिसहरुलाई लगाउने गरी अनुमति दिईएको विभागले जनाएको छ । यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा १२ महिनासम्म राख्न सकिने जनाईएको छ । 

नेपालमा भारतको सेरम इन्स्टीच्यूटले उत्पादन गरेको कोभिशील्ड, चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल र रुसी गामालेयको स्पुतनिक भी खोपले अनुमति पाएका छन् । 

विभागबाट हुकुम डिष्ट्रिब्युटर्स, लोमस फर्मा र इमाराल्ड फर्माले खोप आयात र बिक्री वितरणको अनुमति पाएका छन् । 

आज अनुमति पाएको यो खोपलाई गत मंगलबार मात्रै विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved