सिटामोलको कृत्रिम अभाव रोक्न नेपाल औषधि लिमिटेडको बजार अनुगमन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2021 | 09:55:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल औषधि लिमिटेडले सिटामोल र जीवनजलको कृत्रिम अभाव रोक्न बजार अनुगमन गर्ने भएको छ। अपेक्षाकृत भन्दा बढी सिटामोल र जीवनजल बजारमा पठाउँदा पनि अभावको खबर बाहिर आएकाले बजार अनुगमन गर्न लागिएको नेपाल औषधि लिमिटेडले जनाएको छ। 

आजदेखि काठमाण्डौ आसपासका अस्पताल र अस्पताल वरिपरिका औषधि पसलमा अनुगमन थालिने नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बिजपाटीलाई बताए। 

'अपेक्षाकृत भन्दा बढी सिटामोल र जीवनजल बजारमा पठाएका छौं, त्यहिपनि अभाव भयो भन्ने खबर बाहिर आएको छ, त्यहि भएर बस्तुस्थिति थाहा पाउन तथा कृत्रिम अभाव रोक्नलाई अनुगमन गर्न लागिएको हो' महाप्रबन्धक सफिउल्लाहले  बताए। 

जीवनजल प्याकेजिङ गर्दै नेपाल औषधि लिमिटेडका कर्मचारी

अनुगमन मात्र नभई काठमाण्डौ आसपासका अस्पताल तथा अस्पताल वरिपरिका औषधि पसलमा आफ्नो प्रत्यक्ष उपस्थितिमा सिटामोल र जीवनजल उपलब्ध गराउने समेत उनले बताए। 

हाल यो कार्यक्रम काठमाण्डौमा मात्र गरिने तर आवश्यक परे नेपालका अन्य शहरहरुमा पनि यो कार्यक्रम गरिने र त्यसको लागि स्टकिस्टको सहयोग लिईने उनले बताए। 

पछिल्लो दुई महिनाभित्र नेपाल औषधि लिमिटेडले ५८ लाख सिटामोल ट्याब्लेट र ९ लाख जीवनजल बजारमा पठाएको समेत उनले बताए।

यस अघि:
नेपालमै डायलासीस र कोभिडको औषधि उत्पादन हुने, प्रधानमन्त्री ओलीको विशेष चासो
नेपालमा सिटामोलको अभाव, उद्योगी भन्छन्, ‘घाटाको ब्यापार किन गर्ने ?’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved