व्यवसायीलाई खोप उपलब्ध गराउन माग गर्दै उद्योग मन्त्रालयले सीसीएमसीलाई लेख्यो पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2021 | 03:42:44 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक बस्तु तथा सेवा प्रवाह गर्ने व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र लेख्दै उद्योग मन्त्रालयले पेट्रोल तथा ग्यास व्यवसायीलाई लगाउन १ लाख ५७ हजार ५ सय ९६ डोज खोप उपलब्ध गराउन माग गरेको छ । 

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय महासंघलाई १० हजार ३ सय ४६ डोज, नेपाल ट्रक यातायात व्यवसायी महासंघलाई १ लाख ४० हजार डोज र ग्यास बिक्रेता महासंघलाई ४ हजार ६ सय डोज खोप उपलब्ध गराउन मन्त्रालयले माग गरेको छ । 

यस्तै, नेपाल पेट्रोलियम ट्यांकर चालक संघ थानकोटलाई १५ हजार, नेपाल आयल निगमलाई १ हजार डोज र साल्ट ट्रेडिङ कर्पोरेशनलाई १५० डोज खोप उपलबध गराउन माग गर्दै मन्त्रालयले सोमबार कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र लेखेको हो ।

आइतबारदेखि बिजपाटी डटकमले उद्योगी व्यवसायीहरु खोप अभियानको प्राथमिकतामा नपरेको बारे समाचार लेख्दै आएको छ । सोमबार बिहान पनि बिजपाटीले ‘कोभिड भ्याक्सिनमा उद्योगी व्यवसायीहरुलाई उपेक्षा किन ?’ शीर्षकमा समाचार लेखेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved