निम्बसद्धारा १० लाखभन्दा धेरै मास्क वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2021 | 06:13:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ को विरुद्दको अभियानमा अग्रपंक्तिमा रहेर खटिने कामदार र स्वयंसेवकहरुका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरुलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको जनाएको छ ।

निम्बसको प्रबन्धनिर्देशक आनन्दबगरिया भन्छन्,“आफ्नो ज्यानजोखिममा राखी यस महामारी विरुद्ध लड्नुहुने सबैजनाप्रतिहामी कृतज्ञ छौं । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायतानपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं ।”

उच्च गुणस्तरको एचय(त्भअत प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशतइथानोल युक्त स्यानिटाइजर उत्पादन गर्ने एचय(त्भअत निम्बसको स्वास्थ सामाग्री उत्पादन गर्ने अंग हो । 

निम्बसको यस स्वास्थ्य सामाग्री बाँढ्ने कार्यलाई नेपाल प्रहरी, उद्योग वाणिज्य महासंघ, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved