नेपालमै बन्यो रेमडिसिभिर औषधि, नेशनल हेल्थ केयरको उत्पादनलाई बिक्रिको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 02:37:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुँदै आएको रेमडिसिभिर औषधिको उत्पादन नेपालमै सुरु भएको छ । नेशनल हेल्थ केयरले रेमडिसिभिरको उत्पादन सुरु गरेको हो ।

वीरगञ्जमा कारखाना रहेको नेशनल हेल्थ केयरका मार्केटिङ उपाध्यक्ष अजय पाण्डेका अनुसार नेपालमै उत्पादित रेमडिसिभिर बजारमा आईसकेको छ । नेशनल हेल्थ केयरले वैशाख ३१ गते औषधि व्यवस्था विभागबाट रेमडिसिभिर उत्पादनको अनुमति पाएको थियो । उत्पादित औषधि बजार पठाउने अनुमति भने आइतबार पाएको हो । 

१५ हजार भाइल औषधि तयारी अवस्थामा राखिएको उपाध्यक्ष पाण्डेले जानकारी दिए । प्रति भाइल औषधिको खुद्रा मूल्य ३५ सय तोकिएको छ । पाण्डेका अनुसार नेशनल हेल्थ केयरले उत्पादन गरेका रेमडिसिभिरको ब्राण्ड नाम ‘रेमसिभिर’ रहेको छ । 

नेशनल हेल्थ केयरको मार्केटिङ डिभिजन ओटिभामार्फत यो औषधि उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved