स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न चिकित्सक संघको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2021 | 01:17:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीहरुमाथि  हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ ।  दोलखाको तामाकोशी गाउँपालिका ४ मालुमा रहेको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७८ बमोजिम कारबाही गर्न माग गरेको छ ।

दोलखाको तामाकोसी गाउँपालिका स्थित कोभिड अस्पताल मालुमा कार्यरत डा. रोबिस कार्कीलगायत अन्य स्वास्थ्यकर्मीमाथि  स्थानीयले हातपात गरेका थिए ।

संघले कोरोना महामारीमा ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात र अभद्र व्यवहार हुनु निन्दनीय र क्रुर घटना भएको भन्दै दोषीलाई  हदैसम्मको कारबाहीको माग गरेको हो । 

‘यसको जति निन्दा गरे पनि कमै हुन्छ । उक्त घटना पश्चात् यस संघ प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमखसंग निरन्तर समन्वय गरीरहेको व्यहोरा अबगत नै छ। निरन्तर समन्वय र दबाब पश्चात् उक्त अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई स्थानीय सुरक्षाकर्मीहरुले पकाउ गरी थुनामा राखी अनुसन्धान कार्य अगाडी बढाईरहेको छ।’ संघले बुधबार  जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved