दुर्गा प्रसाईको चुनौती, ‘बी एण्ड सी मेडिकल कलेज सरकारले किनेर चलाओस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2021 | 04:45:39 PM मा प्रकाशित

laxmi  sunrise bank

झापास्थित बी एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले सरकारले लाइसेन्स नदिएपछि आफैँ किनेर चलाउन चुनौती दिएका छन् । सरकारले मेडिकल कलेजको लाइसेन्स नदिएपछि प्रसाईले आफ्नो मेडिकल कलेज सरकारले किनेर चलाउन सरकारलाई चुनौती दिएका हुन् ।

शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईले प्रधानमन्त्रीलाई पत्र लेखेरै बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन, सरकार आफैँले किनेर सञ्चालन गर्न वा सधैंका लागि बन्द गर्ने विकल्प दिएका छन् । यी ३ विकल्पमध्ये एउटा रोज्न सरकारलाई अनुरोध गर्दै प्रसाईले आफूलाई नेपाल सरकारले तेस्रो दर्जाको नागरिक सोचेको दुखेसो पनि गरेका छन् । 

आफ्नो मेडिकल कलेजले सबै मापदण्ड पूरा गरी सम्बन्धनको सिफारिस शुल्कसमेत बुझाइसकेको अवस्थामा विश्वविद्यालयले विभिन्न बहाना बनाएको आरोप लगाए । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले सम्बन्धका विषयमा आफूसँग घुस मागेको प्रसाईको आरोप छ ।

प्रसाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सँगै राखेर मार्सी चामलको खाना खुवाएपछि चर्चामा आएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved