एक डोज मात्रै लगाए पुग्ने १५ लाख डोज खोप नेपाल पठाउँदै अमेरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 06:32:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको १५ लाख डोज कोरोनाविरूद्धको खोप नेपाल पठाउने भएको छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले नेपाललाई १५ लाख र भुटानलाई मोडेर्ना कम्पनीले बनाएको ५ लाख डोज खोप पठाउने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आफूले खोप आउनेबारे थाहा पाएको तर कहिले र कसरी आउँछ भन्नेबारे जानकारी आई नसकेको बताएका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक महिना अघि नै अमेरिकारले संसारका विभिन्न देशलाई ८ करोड डोज खोप दिने घोषणा गरेका थिए ।

अमेरिकाले नेपाल पठाउने भनेको जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको खोप एक डोज मात्रै लगाए पुग्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved