एक डोजले काम गर्ने जोन्सन एन्ड जोन्सन खोप भोलीबाटै लगाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 05:52:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भोली मंगलबारबाट पुनः खोप अभियान सुरु गर्ने भएको छ । चीनबाट भेरोसेल र अमेरिकाबाट जोन्सन एन्ड जोन्सन खोप आएसँगै स्वास्थ्य मन्त्रालयले खोप अभियान सुरु गर्न लागेको हो । 

स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप खोप लगाउन सुरु गर्ने निर्णय गरेको हो । निर्णयअनुसार भेरोसेल खोप ५५ वर्ष माथिका नागरिकलाई लगाईनेछ । जोन्सन एन्ड जोन्सन भने ५० देखि ५४ वर्ष उमेरका नागरिकलाई लगाईने भएको छ । 

भेरोसेल खोप पाउनेमा ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिकलाई लगाइने छ ।

जोन्सन एन्ड जोन्सन खोप भने ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, अपांगा भएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई, स्वास्थ्यकर्मीलाई लगाइने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved