चैतसम्म सबै नेपालीलाई खोप लगाउने सरकारको घोषणा, नीजि क्षेत्रलाई पनि आयातको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 08:00:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी चैतसम्म सबै नेपालीलाई कोरोना विरुद्दको खोप लगाउने घोषणा गरेको छ । खोप उत्पादक मुलुकबाट खोप प्राप्त हुने क्रम जारी रहेको र असोजसम्म १ करोड ८३ लाख ८२ हजार डोज खोप प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको सिनोफार्मबाट थप ६० लाख डोज भेरोसेल खोप खरिद प्रक्रिया अघि बढेको बताईएको छ । जापानबाट आउने १६ लाख डोज अस्ट्राजेनेका र भारतबाट आउने १० लाख कोभिसिल्डसहित असोजभित्र १ करोड ८३ लाख ८२ हजार डोज खोप आईपुग्ने मन्त्रालयले जनाएको छ । 

१२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज फाइजर खोप खरिदको प्रक्रिया सुरु गर्न लागिएको पनि बताईएको छ । कोभ्याक्सबाट निःशुल्क प्राप्त हुने १ करोड १३ लाख डोज खोप पनि चैत सम्ममा आईसक्ने भएकाले सबै नेपालीलाई कोरोना विरुद्दको खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको छ ।

निजी क्षेत्रलाई आयातको अनुमति

सरकारले विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागले स्वीकृति दिएका खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति दिएको छ । खोप उत्पादन मूल्य र आयात खर्चमा १० प्रतिशतसम्म मुनाफा लिएर खोप खरिदको स्वीकृति दिइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले १४ सय थान हाइ डिपेन्डेन्सी युनिट (एचडीयू), १८० थान भेन्टिलेटर थप गर्ने चरणमा रहेको जनाएको छ । बालबालिकाको लागि १८० भेन्टिलेटरसहितको २५० आइसीयू बेड थप्ने कार्य अघि बढेको बताईएको छ । 

थप ३५ सय थान अक्सिजन कन्सनट्रेटर ल्याउने तयारी पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved