औषधि उत्पादक संघको चुनावी अधिवेशन तय, यी हुन् अध्यक्षका दाबेदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 12:19:29 PM मा प्रकाशित

laxmi  sunrise bank

औषधि उत्पादक संघको अधिवेशनको मिति टुंगो लागेसँगै नेतृत्वका आकांक्षी पनि सतहमा देखिएका छन् । साउन २९ गते शुक्रबार होटल मेरियटमा संघको निर्वाचन अधिवेशन हुँदैछ । अधिवेशनको मिति नजिकिएसँगै नयाँ नेतृत्वका लागि आफ्नो पक्षमा माहोल बनाउन आकांक्षीहरु लागेका छन् ।

औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपक दाहाल सहमतिमै नेतृत्व हस्तान्तरण हुने बताउँछन् । 

‘चुनाव गराउँदैनौँ, छलफल गरेर सहमतिमै नेतृत्व गर्न सक्ने साथीलाई संघको अध्यक्ष बनाउँछौँ’ निवर्तमान अध्यक्ष दाहालले भने । 

को को छन् दाबेदार ?

औषधि उत्पादक संघको अध्यक्ष बन्न आकांक्षी ३ जना छन् । यस अघिको निर्वाचनमा जि. नारायण बहादुर क्षेत्रीसँग अध्यक्षमा पराजित भएका प्रज्वलजंग पाण्डे मुख्य दाबेदार छन् । वरिष्ठ उपाध्यक्ष महेश प्रसाद प्रधान र महासचिव विप्लव अधिकारी पनि अध्यक्ष बन्ने दौडमा छन् । 

तर, उच्च स्रोतका अनुसार प्रज्वलजंग पाण्डेलाई यसपाली सहमतिमै अध्यक्ष बनाउने गृहकार्य थालिएको छ । अध्यक्ष क्षेत्रीले पनि सकेसम्म चुनाव हुन नदिने र सहमतिमै नेतृत्व हस्तान्तरण गर्ने आफ्नो प्रयास रहेको बताएका छन् । 

कसैले पनि नदोहोर्याउने अभ्यास

अध्यक्ष क्षेत्रीका अनुसार अहिले औषधि उत्पादक संघमा एक पटक अध्यक्ष भएपछि पुनः अध्यक्षमा दाबेदारी गर्ने ‘कल्चर’ हराउँदै गएको छ । सुरु सुरुमा थोरै सदस्य हुँदा १ मात्रै नभई ३ कार्यकालसम्म पनि एकै व्यक्ति अध्यक्ष भएको इतिहास रहेपनि अब भने सदस्यहरु पनि बढ्दै आएको र युवा पुस्ताहरु औषधि उद्योगमा आकर्षित भईरहेकाले संघमा एकै व्यक्तिले दोहोर्याएर नेतृत्वमा दाबी नगर्ने भन्ने संस्कृतिको विकास गर्न खोजिएको अध्यक्ष क्षेत्री बताउँछन् ।

तर, यो व्यवस्था विधानतः नभई काम गर्दै गएपछि स्थापित हुँदै जाने अभ्यास गर्न खोजिएको संघका पदाधिकारी पनि बताउँछन् । 

अहिले औषधि उत्पादक संघमा ६५ भन्दा बढी सदस्य छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved