भारतले दियो अक्सिजन प्लान्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 02:43:20 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले अक्सिजन प्लान्ट प्रदान गरेको छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि भारतले सहयोग गरेको उक्त प्लान्ट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

दूतावासले जारी गरेको विज्ञप्तिमा कोभिड–१९ विरुद्धको लडाइमा सहयोग गर्ने उदेश्यले अक्सिजन प्लान्ट सहयोग गरिएको जनाईएको छ ।

प्रति व्यक्ति ५ एलपीएम (लिटर प्रति मिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम रहेको छ । यो प्लान्टले एक साथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता रहेको विज्ञप्तिमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved