पोखराको मणिपाल मेडिकल कलेज बिक्यो, सवा ३ अर्ब खर्चेर नेपालीले हटाए भारतीय लगानीकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 03:03:49 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखराको मणिपाल मेडिकल कलेज बिक्र भएको छ । बतास समूह मेडिकल कलेज व्यवसायमा पनि प्रवेश गर्दै यो कलेज किनेको हो । 

यो मेडिकल कलेज आनन्द राज बतास र नारायण पौडेलले किनेका हुन् । भारतीय मणिपाल एजुकेसन एन्ड मेडिकल समूहको लगानीमा खुलेको मणिपाल मेडिकल कलेज कलेज निजी क्षेत्रबाट सञ्चाललित नेपालको पहिलो मेडिकल कलेज  हो ।

भारतीय मणिपाल समूह असोज १ गतेबाट पूर्ण रुपमा यो कलेजबाट बाहिरिने छ । सन् १९९४ बाट सञ्चालित यो कलेज बतास र पौडेलले ३ अर्ब २५ करोड रुपैयाँमा खरिद गरेका हुन् ।

यो कलेजको स्वामित्व बताससँग ६० र पौडेलको अटोवेजसँग ४० प्रतिशत रहनेछ । 

कलेजसँग ६० रोपनी आफ्नै जमिन छ भने हाल प्रयोग गर्दै आएको १५० रोपनी जमिन भने भाडामा छ । 

७५० शैया भएको यो मेडिकल कलेजले मेडिल शिक्षामा १ सय सिट पाउने गरेको छ । 

निकट भविष्यमै पब्लिक कम्पनीमा जाने र केही वर्षभित्र सर्वसाधारणका लागि सेयर समेत निष्काशनको लक्ष्य बोकेर आफूहरुले यो कलेज खरिद गरेको नयाँ खरिदकर्ताहरुले बताएका छन् । मणिपाल मेडिकल कलेजमा अब अध्यक्ष आन्नदराज बतास र सञ्चालकमा शान्तराज बतास र नारायण पौडल रहने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved