चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2021 | 10:03:27 PM मा प्रकाशित

laxmi  sunrise bank

चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच एक सम्झौता भएको छ । आइतबार हस्पिटल र व्यवसायीबिच विभिन्न औषधिमा छुट दिनुको साथै उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मिगेन्द्र मेहेर श्रेष्ठले ४७ वर्षदेखि देशभर औषधि उपलब्ध गराउँदै आएको बताउँदै भने, ‘यस संघले औषधिसँग सम्बन्धित निति नियम निर्माणमा ठुलो भूमिका खेलेको छ । यस संघमा २१ सय भन्दा बढी व्यवसायीहरू आबद्ध छन् । हाम्रो यो सम्झौता पहिलो हो । यस सम्झौताबाट थप सहजता हुनेछ ।’ 

त्यस्तै, चिरायु नेशनल हस्पिटलमा सबै किसिमका बिरामीहरूका लागि गुणस्तरीय सेवा दिँदै आइरहेको अस्पतालका सञ्चालन निर्देशक चन्देश्वर बैधले बताए । यस अस्पतालमा विभिन्न विशेषज्ञ सेवाहरू उपलब्ध रहेको उनले बताए ।  

उनका अनुसार चिरायुमा ग्यास्ट्रो इस्नेन्टटाइनल, हाडजोर्नी, नसा सम्बन्धी र मिर्गौला सम्बन्धी विशेष उपचार गरिन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved