कोरोना संक्रमितको उपचारमा थप २ औषधिलाई डब्लूएचओको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2022 | 01:27:02 PM मा प्रकाशित

laxmi bank ntc

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न थप २ औषधिलाई अनुमति दिएको छ । डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब–इमडेभिमाबलाई अनुमति दिएको हो ।

बाथ रोगमा पनि प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने बताईएको छ । यसले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरा टार्ने दाबी चिकित्सकहरुको छ ।

डब्लूएचओका विशेषज्ञहरूले ब्यारसिटिनिबको प्रभाव पनि बाथमा प्रयोग हुने औषधि इन्टरल्युकिन–६ (आईएल–६) इन्हिबिटर्स जस्तै रहेको उल्लेख गरेका छन् ।

दुवै औषधिलाई एकैपटक सेवन नगर्न भने चिकित्सकहरुले सुझाव दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved