कोरोना संक्रमित बढेको बढ्यै, अस्पताल भने खाली, आँखिर कहाँ छन् बिरामी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 01:30:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका संक्रमितको संख्या हरेक दिन ‘रेकर्ड ब्रेक’ गर्दै बढेपनि अस्पतालमा भने बिरामी छैनन् । सरकारी र नीजि अस्पतालले कोरोना संक्रमितको उपचारका लागि छुट्याएका आईसोलेशन कक्ष पनि पूरै भरिएका छैनन् । 

मंगलबार एकैदिन १० हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भयो भने बुधबार ११ हजार बढी संक्रमित थपिए । तर, यी सबै अस्पतालमा छैनन् । घरमै बसेर घरेलु उपचार र प्राकृतिक उपचार गरिरहेकाको संख्या बढी रहेको स्वास्थ्य मन्त्रालयका अधिकारी नै बताउँछन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ४७ हजार बढी स्िरकय संक्रमित छन् । तर, संक्रमणदरको आधारमा ‘सिरियस’ बिरामी अत्यन्त कम छन् । यति मात्रै नभई, संक्रमण पुष्टि भएपछि अस्पताल जाने र भर्ना भएर बस्नेहरुको संख्या पनि कम छ । अस्पतालमा कोरोना संक्रमितको चाप अनुमान गरिएभन्दा निकै कम छ ।

गम्भीर लक्षण छैन, मृत्युदर पनि कम

कोरोनाको नयाँ भेरियन्टको संक्रमण पुष्टि भएकाहरुमा गम्भीर प्रकारका लक्षणहरु नदेखिएको अस्पतालहरु बताउँछन् । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार भर्ना भएकामध्ये पनि ‘सिरियस’ बिरामी कम छन् । 

‘डेल्टा भाइरस जस्तो कडा देखिएको छैन’ उनले भने, ‘हाम्रोमा १५ बेडको आइसोलेशन छ, जम्मा ११ जना मात्रै बिरामी छन् । डेल्टा फैँलिदा सबै प्राइभेट अस्पताल पनि भरिएर बेड नपाउने अवस्था थियो, अहिले त्यस्तो छैन ।’

उनले संक्रमणदर अनुसार मृत्युदर पनि अत्यन्त कम भएको बताएका छन् । अहिले अस्पताल पुग्ने प्राय सबैलाई रुघा–खोकी र समान्य ज्वरो देखिएको यी सामान्य लक्षण भएकाले यस्ता लक्षण देखिएका धेरै बिरामी घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । 

कोभिड वार्ड नै खाली

अस्पतालहरुमा कोभिडका जटिल बिरामीका लागि आईसीयू, भेन्टिलेटर, एचडीयु वार्डको व्यवस्था गरिएको छ । समान्य बिरामीलाई जनरल वार्डमा राखिन्छ । 

अहिले आईसीयू र भेन्टिलेटरमा केही बिरामी छन् । कोरोनाको पहिलो र दोस्रो भेरियन्ट फैलिँदा अस्पतालका जनरल वार्ड भरिभराउ हुन्थे । अहिले कोभिडका बिरामी राख्न छुट्याईएको वार्ड नै नभरिएकाले जनरलमा राख्नु परेको छैन । 

यति मात्रै नभई, अहिले अक्सिजन चाहिने बिरामीको संख्या पनि कम छ । 

‘अस्पतालमा जति पनि बेड छन्’

काठमाडौँमा निजी बाहेक ठूला सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदै आएको छ । देशको जेठो वीर अस्पताल, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, निजामति कर्मचारी अस्पताल, वीरेन्द्र सैनिक अस्पतालमा कोभिडका बिरामीको उपचार हुन्छ ।

यी बाहेक, निजी अस्पतालहरुले पनि निश्चित बेड संख्या तोकेरै कोभिड संक्रमितको उपचार गर्दै आएका छन् । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टच्यूसन अफ नेपाल (अफिन)का एक पदाधिकारीका अनुसार यसअघि कोभिडको संक्रमणमा ज्वरो आउने, खोकी लाग्ने मात्र नभएर सास फेर्ने गाह्रो हुने समस्या हुने गरेकोमा अहिले घाँटी दुख्ने, सामान्य खोकी लाग्ने र शरीर दुख्ने मात्रै लक्षण भएका बिरामीहरु छन् । 

‘डेल्टा भेरियन्ट फैँलिदाको जस्तो बिरामी अस्पताल आएका छैनन्, त्यतिबेला बेड नपाउने अवस्था थियो भने अहिले भएका बेड पनि खाली नै छन्’ ती पदाधिकारीले भने, ‘मानिसहरु घरमै बसेर आराम गरिरहेका छन्, आवश्यक परेर अस्पताल आउनुपर्यो भने पनि सहजै बेड उपलब्ध हुने अवस्था छ ।’ 

उनका अनुसार पहिले जस्तो १० दिन अनिवार्य आइसोलेशनमा बस्नु नपर्ने र ५ दिन मात्रै बसे पुग्ने भनेर चिकित्कहरुले सुझाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved