मिडिया अलायन्स र हाम्रो फर्माबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 06:09:04 PM मा प्रकाशित

laxmi  sunrise bank

हाम्रो फर्मा फार्मेसी प्याथल्याबको सेवा लिने प्रयोजनले मिडिया अलायन्स नेपाल र साधना हेल्थ प्रालिबीच सम्झौता भएको छ । 

सम्झौता पत्रमा मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र हाम्रो फर्मा फार्मेसीका तर्फबाट साधना हेल्थ प्रालिका अध्यक्ष दिरेकलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार हाम्रो फर्माले मिडिया अलायन्स नेपालका सबै कर्मचारी तथा पारिवारिक सदस्यलाई नेपालमा उत्पादित औषधिमा १५ र भारतीय औषधिमा १२ प्रतिशत छुट दिनेछ । काठमाडौं उपत्यकाभित्र हाम्रो फर्माले बिहान १० बजेसम्म औषधिको अर्डर पायो भने सोही दिन घरसम्म आपूर्ति गरिदिनेछ । 

हाम्रो फर्माले मासिक रुपमा डिजिटल माध्यमबाट ग्राहकलाई नियमित औषधि सेवन गर्ने ग्राहकलाई ‘औषधि सकिन लाग्यो कि’ भन्ने व्यहोराको ‘रिमाण्डर नोटिस’ पनि पठाउनेछ । यसले निमोनिया र फ्लू खोपका लागि विशेष छुट दिने सहमति जनाएको छ भने घरमै प्रयोगशाला परीक्षणको सेवा पनि उपलव्ध गराउने भएको छ । यसका लागि १५ प्रतिशतसम्म छुटको व्यवस्था पनि छ । 

यसले सेवाग्राहीको घरमै गएर मधुमेयको फास्टिङ टेस्ट गर्ने र पिपी टेस्टका लागि सेवाग्राहीको कार्यालमै पुगेर परीषण गर्ने सहमति पनि जनाएको छ । यसले परीक्षणको रिपोर्ट सेवाग्राहीको चाहनाअनुसार इमेल, ह्वाट्सयाप वा भाइबरबाट पठाउने प्रतिवद्धता जनाएको छ । 

मिडिया अलायन्सका सदस्यले फोन गरेर, ह्वाट्सयाप, भाइबर, मेसेन्जर वा वेबसाइटमा भिजिट गरेर औषधि वा सेवाका लागि अर्डर दिन सक्नेछन् । तर माथि भनिएका छुटका प्रावधानहरु पहिला नै छुटसहित घोषणा गरिएका विशेष प्याकेजमा भने लागु नहुने व्यवस्था छ । 

सम्झौताका हस्ताक्षरकर्ता राजकर्णिकार र श्रेष्ठले कोरोना महामारीका बेला घर–घरमै औषधि आपूर्ति गर्ने हाम्रो फर्माको व्यवस्थाले सेवाग्राही र विरामीले जोखिम मोलेर बजारसम्म निस्कनु नपर्ने र यसको लाभ सबैले लिनुपर्ने बताए । 

मिडिया अलायन्स नेपाल मूलधारका सञ्चारमाध्यमको छाता संगठन हो । यसका सदस्य मिडिया संस्था र त्यसभित्र कार्यरत स्टाफका परिवारका सदस्यको हिसाब गर्दा यस सम्झौताबाट करिब २० हजार व्यक्ति लाभान्वित हुने देखिन्छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved