सिटामोलको मूल्य बढाउन प्रस्ताव, अब कति पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 01:02:10 PM मा प्रकाशित

laxmi  sunrise bank

औषधि उद्योगहरुले ६५० एमजीको सिटामोलको ट्याब्लेट बनाउन पाउने भएका छन् । बिहिबारको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटोमालको ट्याब्लेट बनाउन अनुमति दिएको हो ।

बैठकले औषधि व्यवस्था विभागलाई ६५० एमजीको सिटामोल दर्ता गर्न अनुमति दिएसँगै नेपालमा अब ६५० एमजीको सिटामोलका ट्याब्लेट उत्पादन हुने भएका हुन् । जेष्ठ नागरिकलाई ५ सय एमजीको सिटामोलले प्रभावकारी काम नगरेको गुनासो आएपछि ६५० एमजीको सिटामोल दर्ता गर्ने निर्णय सल्लाहकार समितिले गरेको हो ।

मूल्य बढाईने

औषधि उत्पादकहरुले सिटामोलको लागतभन्दा कम मूल्यमा बिक्रि गर्नु परेको भन्दै यसको उत्पादन गर्न करिब करिब छोडिसकेका छन् । ५ सय एमजीको ट्याब्लेटको मूल्य हाल १ रुपैयाँ छ । यो मूल्य नबढेसम्म आफूहरुले उत्पादन गर्न नसक्ने उद्योगीहरुले बताउँदै आएका छन् । 

मूल्य समायोजन नभएकै कारण बजारमा उच्च माग भएको अवस्थामा कम उत्पादन हुँदा बेलाबेला सिटामोल अभाव पनि हुने गरेको छ । 

विभाग स्रोतका अनुसार अब सिटामोलको मूल्य बढाईनेछ । नयाँ प्रस्तावित मूल्य अनुसार ५ सय एमजीको ट्याब्लेटको मूल्य अब २ रुपैयाँ पर्नेछ भने दर्ताको अनुमति पाएको ६ सय एमजी प्रतिट्याब्लेटको मूल्य २ रुपैयाँ ५० पैसा तोकिएको छ ।

नेपालमा वार्षिक ७ करोड ट्याब्लेट सिटामोलको माग छ ।

निर्णय भएको छैनः विभाग

‘समानुपातिक रुपमा मूल्य तोकिन्छ, निर्णय भईसकेको छैन’ औषधि व्यवस्था विभागका प्रवक्ता शन्तोष केसीले बिजपाटीसँग भने, ‘परिमाण बढाउने कुरा हुँदा मूल्यको कुरा पनि आउँछ, तर यति नै बढाउने भनेर निर्णय भएको छैन, विभिन्न मूल्य प्रस्ताव चाहिँ भएको छ ।’

उनले निर्णय भएपछि मात्रै यसबारेमा भन्न सकिने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved