औषधि आयात ठप्प पार्ने एनसीडीएको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2022 | 02:26:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले औषधि आयात ठप्प गर्ने चेतावनी दिएको छ । शनिबार बसेको एनसीडीएको बैठकले आगामी बैशाख १ गतेदेखि औषधिको आयात ठप्प पार्ने चेतावनी दिएको हो । 

आफूहरुले बुझाएको २५ बुँदे मागका सम्बन्धमा स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभाग उदासिन देखिएको भन्दै एनसीडीएले औषधिको आयात रोक्ने चेतावनी दिएको हो । संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार नेपालले औषधि आयात गर्ने गर्ने मुलुककै एमआरपी मूल्य कायम हुनुपर्ने माग रहेको बताएका छन् । 

‘आयात हुने औषधिमा कन्ट्री अफ ओरिजिन अनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यही एमआरपीमा पैठारी सिफारिस पत्र नवीकरण गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो’ श्रेष्ठले भने । 

विभागले नविकरण गर्दा अनुसूची ७ अनुसार ‘कमिटेड प्राइस’ पेश गर्न लगाउने तर, त्यसको समायोजन नगरिदिने व्यवसायीहरुको गुनासो छ ।

संघले फागुन २७ गते औषधि व्यवस्था विभागमा महानिर्देशक भरत भट्टराईलाई ३० दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved