गुणस्तरीय औषधि उत्पादन गर्न उद्योगीलाई राष्ट्रपतिको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 07:06:03 PM मा प्रकाशित

laxmi bank ntc

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तराष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै कमी नहुने गरी औषधि उत्पादन गर्न उद्योगीहरूलाई आग्रह गरेकी छिन् ।

नेपाल फर्मा एक्स्पो–२०२२ को शुक्रबार भरतपुरमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जीवनसँग प्रत्यक्ष रुपमा जोडिने बस्तु भएकाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय हुनुपर्ने बताएकी छिन् । 

धेरै किसिमका औषधि देशभित्रै उत्पादन गर्न सके संविधानले प्रत्याभूति गरेको स्वास्थ्य सम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने राष्ट्रपति भण्डारीको धारणा छ । 

रोगको उपचार र नियन्त्रणका लागि मुलुकहरुबीच आपसी सहयोग र सहकार्यको आवश्यक भए जस्तै औषधि उत्पादनको क्षेत्रमा पनि विभिन्न राष्ट्रहरुबीच पारस्परिक सहयोग अभिवृद्धि हुनु पर्ने उनको भनाई छ । 

तीन दिनसम्म चल्ने प्रदर्शनीमा स्वदेशी र विदेशी गरी १६० स्टल रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved