दुबईमा हस्पिटल खोल्ने दुर्गा प्रसाईंको घोषणा, रसुवाको पानी पनि सिँधै यूएई पठाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 01:16:59 PM मा प्रकाशित

laxmi  sunrise bank

झापाको बीएनसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईंले दुबईमा हस्पिटल खोल्ने घोषणा गरेका छन् । दुबईबाट नेपाल भ्रमणमा आएका राजकुमार जुमा अल मोक्तुमसँग एक सम्झौता गर्दै प्रसाईले दुबईमा हस्पिटल खोल्ने घोषणा गरेका हुन् । 

नेपालबाट विदेशमा लगानी गर्न वर्जित छ । तर, पनि प्रसाईले यस्तो घोषणा गरेका हुन् । 

सम्झौताअनुसार दुबईमा विएन्डसी टिचिङ दुबईको नाममा मेडिकल कलेज सञ्चालन हुने र वार्षिक ५ सय जना डाक्टर र २५ सय जना नर्सले अध्ययन गर्नेछन् । 

यस्तै प्रसाईंले मेडिकल कलेजसँगै नेपालबाट यूएईमा खानेपानी र जडिबुटीको निर्यातका लागि समेत सम्झौता गरेका छन् । 

रसुवामा उत्पादन हुने पानी सीधै यूएईमा लैजाने सम्झौता भएको हो । यससँगै हिमाली क्षेत्रमा रहेको जडिबुटीलाई प्रशोधन गरी यूएईमा निर्यात गर्ने पनि सम्झौता भएको छ । 

हिमालयको पानी यूएईमा लगेर बिक्री गर्दा विदेशी डलरसँगै रोजगारीसमेत बढ्ने प्रसाईको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved