बजारमा भिटामिनजन्य औषधिको जथाभाबी बिक्री, प्रयोग नगर्न विभागको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 09:22:19 AM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको पाइएको छ । औषधि व्यवस्था विभागले यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको भन्दै प्रयोग नगर्न आग्रह गरेको छ । 

विभागले आज एउटा सूचना निकालेर ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग नगर्न भनेको हो । 

विभागले जी ल्याब्रोटोरिज, भारतमा बनेको बायोदी ड्रप्स बालबालिकाका लागि प्रयोग गर्दा असर देखिएको जनाएको छ । यी औषधि नेपालमा दर्ता छैनन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved