डा. पुनलाई अन्तराष्ट्रिय स्वास्थ्य पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 11:44:43 AM मा प्रकाशित

laxmi  sunrise bank

डा. शेरबहादुर पुन अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२२ बाट सम्मानित हुने भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. पुनलाई एनआरएनए ननरेसिडेन्ट नेपाली एशोसिएसनले अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्ने भएको हो ।

अमेरिकाको क्यालिफोर्नियामा रहेको एशोसिएसनले डा. पुनलाई ११ सय अमेरिकी डलर पुरस्कार स्वरुप दिनेछ । एशोसिएसनले पुस ७ गते एक समारोह आयोजना गरी उक्त पुरस्कार प्रदान गर्नेछ । 

प्राणघातक संक्रामक रोगबाट मानिसलाई जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै एशोसिएसनले डा. पुनलाई पुरस्कार प्रदान गर्न लागेको हो । 

डा. पुनले आफूलाई सेवाको भावनामा थप तल्लिन हुन प्रेरणा मिलेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved