कसरी छिर्यो सिभिल अस्पतालको ‘सिटी स्क्यान’ मेसिनमा शौचालयको पानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2023 | 04:58:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी स्क्यान मेसिनमा शौचालयको पानी छिर्दा काठमाडौँको बानेश्वरमा रहेको सिभिल सर्भिस अस्पतालमा दुई हप्तादेखि सिटी स्क्यान सेवा बन्द छ । 

सिटी स्क्यान मेसिनमा शौचालयको पानी छिरेर यूपिएसको पाइप फुटेपछि मेसिन काम नगर्ने अवस्थामा पुगेको अस्पतालले जनाएको छ । अस्पतालका प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बिजपाटीलाई भने, ‘यूपिएस पड्कीएर २ हप्ता भयो सिटीको सेवा दिन सकिएको छैन ।’ 

दुई हप्ता अघिदेखि सेवा बन्द भए पनि मेसिन बनाउनेबारे प्रक्रिया अघि बढ्न सकेको छैन । विदेशी कम्पनीको मेसिन रहेकाले मर्मत गरेर चल्ने वा नयाँ खरिद गर्नुपर्ने भन्ने नै अन्योल रहेको सापकोटा बताउँछन् ।

‘समस्याका बारेमा हामीले कम्पनीमा जानकारी गराइसकेका छौँ, विदेशी कम्पनी भएकाले समय लाग्ने भयो’ उनले बिजपाटीसँग भने ‘नयाँ किन्न २० लाख प्लस रकम लाग्ने रहेछ, के गर्ने अहिले यसै भन्न सक्ने अवस्था छैन ।’

दैनिक २५ जनाको हाराहारीमा सिटीस्क्यान हुँदै आएको सिभिल अस्पतालमा दुई हप्तादेखि सेवा बन्द हुँदा विरामी भने मर्कामा परेका छन् । अरु चेकजाँच भए पनि सिटी सेवा नहुँदा विरामी निजीलगायतका अस्पताल धाउनु परेको छ ।

यता अस्पताल भने सिभिलमा आएका विरामीलाई सो सेवाका लागि वीर अस्पतालमा जान सुझाव दिने गरेको दावी गर्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved