देशभर स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सेवा अवरुद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2023 | 12:42:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 आइतबार देशभर स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सम्पूर्ण सेवा अवरुद्ध भएको छ । आइतबार बिहानैदेखि केन्द्रीय सर्भर डाउन हुदा सेवा दिन नसकिएको स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालहरुले बताएका छन् ।

‘आज बिहानैदेखि सर्भर नै चलेन, बोर्डमा बुझ्दा डाउन भएर मर्मत गरिरहेका छौ केहि समय लाग्न सक्छ भन्ने जवाफ पायौं’ वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले बिजपाटीसँग भने ।

सर्भरमा समस्या देखिएपछि अधिकांश अस्पतालहरुले बिहानै अस्पतालमा सूचना टाँस गरि सेवा अवरुद्ध बारे जानकारी दिएका थिए ।

सर्भरमा केहि दिनयता समस्या देखिएको थियो । तर स्वास्थ्य बीमा बोर्डले समयमै सर्भरको सुरक्षा र मर्मतमा ध्यान नदिदा आज देशैभर कार्यक्रम लागू भएका अस्पतालमा जाँच गर्न गएका बिरामी समस्यामा परेका छन् ।

स्वास्थ्य बीमाको काम शनिबार बन्द हुने भएकाले अस्पतालहरुमा विहानैदेखि सेवाग्राहीको भीड बढिरहेको छ । अस्पतालहरुले सर्भरमा समस्या आएको भन्दै बिमित बिरामीलाई फर्काइरहेका छन् । जसले गर्दा सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved