६ बुँदे सहमतिपछि सिभिल अस्पतालका चिकित्सक तथा कर्मचारीको आन्दोलन फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 06:52:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आन्दोलनका सबो कार्यक्रम स्थगित गर्न सहमत भएका छन् ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपस्थितिमा अस्पतालका कार्यकारी निर्देशक र आन्दोलन पक्षका प्रतिनिधिबीच ६ बुँदे सहमति भएपछि उनीहरु आन्दोलन स्थगित गर्न सहमत भएका हुन् ।

यस्ता छन् सहमतिका बुँदाहरु :

१. निजामती कर्मचारी अस्पताल (कर्मचारीहरुको सेवाका शर्त र सुविधा विनियमावली र निजामती कर्मचारी अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा आवश्यक संशोधन तथा परिमार्जन प्रक्रिया १ महिनाभित्र पेश गर्ने र सो क्रममा चिकित्सक, कर्मचारी युनियन लगायतको प्रतिनिधि समेत सहभागी गराउने ।

२. अस्पतालको समग्र गुणस्तर, वित्तियस्थिति, जनशक्ति योजना, कर्मचारीको हित र उत्प्रेरणासमेतलाई मध्यनजर गरी अस्पताल व्यवस्थापन चिकित्सक र कर्मचारी सम्मिलित समितिको प्रतिवेदनको आधारमा करारमा कार्यरत (परिक्षामा सहभागी नहुने समेत) स्वीकृत करार कार्यविधिबमोजिम हाल चिकित्सक/कर्मचारी प्राथमिकता दिई सेवाको सुनिश्चितता गर्न निजामती कर्मचारी अस्पताल विका समितिमा पेश गर्ने ।

३. अस्पतालको समग्र गुणस्तर सुधारको लागि सम्बद्ध सरोकारवालाहरुको सहभागितामा Quality Circle बनाई कार्यान्वयन गर्ने ।

४. ज्यालादारी/सेसनमा कार्यरत कर्मचारीको सम्बन्धमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्वीकृत करार कार्यविधि, २०७८ अनुसार स्वीकृत दरवन्दिमा पदपूर्ती प्रक्रिया अगाडि बढाउने ।

५. निजामती कर्मचारी अस्पतालको समग्र गुणस्तर, सेवाप्रवाहमा सुधार निजामती कमर्चारीमैत्री अस्पतालमा रुपान्तरण गर्न ऐक्यवद्धता जारी गर्ने ।
सेवाप्रवाहमा निरन्तरता दिने एवं निजामती कर्मचारीमैत्री अस्पतालमा रुपान्तरण गर्न ऐक्यवद्धता जारी गर्ने । 

६. निजामती कर्मचारी अस्पतालमा हाल भैरहेको अनसन, तालाबन्दी, व्यानर लगायतका आन्दोलनका सबै कार्यक्रम आजैका मितिदेखि फिर्ता गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved