विरामीलाई प्रभावित पारेर निजी क्लिनिकमा नाम बेच्न पुग्छन् सरकारी डाक्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 01:42:54 PM मा प्रकाशित

laxmi  sunrise bank

विरामीलाई प्रभावित पारेर वा विरामी नै लिएर पेशागत आचरण विपरित सरकारी अस्पतालमा कार्यरत चिकित्सक निजी क्लिनिकमा नाम बेचिरहेका छन् । पेशागत आचारण उल्लङ्घन गरी व्यक्तिगत लाभ लिन निजी क्लिनिकमार्फत आफ्नो नाम प्रचार-प्रसार गरी सेवा दिइरहे पनि नियामक निकायलाई खास चासो हुने गरेको छैन । 

बेलाबेलामा सूचनामार्फत केही चेतावनीहरु दिइए पनि कार्यान्वयन नहुँदा वर्षौँदेखि चिकित्सकलेहरुले पुरानो चलन नछाडेका हुन् । उनीहरु अफिस समय बाहेक आफूहरु जहाँ पनि जान पाउने दावी गर्दै आएका छन् । 

तर उनीहरु विरामीलाई यहाँ जा र त्यहाँ जा भनी सिफारिस गरेर पठाउने गरेका छन् । केही अघि वीर अस्पतालमा सिटी स्क्यान विग्रिंदा चिकित्सकले निजी क्लिनिमा विरामी पठाएको खुलेको थियो ।

नेपाल स्वास्थ्य सेवा ऐन २०५३, नियमावली २०५५ को परिच्छेद ७ (४६) मा कर्मचारीको सबै समय नेपाल सरकारको अधिनमा रहने उल्लेख छ । त्यस्तै नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को नियम २२ मा उल्लेख चिकित्सकको आचारसंहिताको २ (ख) मा आफ्नो नाम चलाउने अथवा धन कमाउने उद्देश्यले कुनै परिचय पाटी वा प्याडमा आफ्नो नाम उल्लेख गर्न नपाईने तथा २ कै (ङ) मा कसैलाई आफ्नो पारिश्रमिकको हिस्सा कबोली आफू कहाँ बिरामी ल्याउने प्रत्यक्ष वा अप्रत्यक्ष रूपले एजेण्ट बनाउन नपाइने उल्लेख छ । त्यही बुँदाको उल्लङ्घन गर्दै सरकारी डाक्टर निजीमा सेवा दिन तल्लिन छन् ।

नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को नियम २३ मा सजाय र अन्य कारबाही शीर्षकमा काउन्सिलले नियम २२ को आचारसंहिताको उल्लङ्घन गर्ने र आफ्नो अपराध ढाँट्ने चिकित्सकमाथि कारवाई चलाई निजको नाम रजिष्टरबाट हटाउन रजिष्टारलाई आदेश दिनेछ भनि उल्लेख गरिएको छ ।

तर काठमाडौं उपत्यकासहित जिल्लाका सरकारी अस्पतालमा कार्यरत चिकित्सकले प्रायः बिहान र बेलुकी निजी क्लिनिकमा बिरामी जाँच्ने र उपचार गर्ने गरेका छन्। त्यससँगै सरकारीमा उपचारका लागि आएका विरामीलाई निजीमा भेट्न बाध्य बनाउने गरेका छन् । 

स्वास्थ्य मन्त्रालयका आन्तरिक प्रशासन शाखाका अधिकृत शेरबहादुर विक यस्तो कार्य कानून विपरित हुने बताउँछन् । यता नेपाल मेडिकल एसोसियनका अध्यक्ष अनिलविक्रम कार्की कार्यालय समयमा त्यसरी जानु गलत भए पनि त्यसभन्दा बाहिरको समयम आफ्नो व्यक्तिगत हुने जिकिर गर्छन् । कानूननमा भने कार्यालय समय भनेर ठ्याक्कै नतोकेकाले जुनसुकै बेला गए पनि कारबाही गर्न सकिने  मन्त्रालयलाई अधिकार रहेको देखिएको छ । विगतमा पनि यो विषयमा दोहोर अर्थ लगाईदै आइएको थियो ।

स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने

पछिल्लो समयमा त्यस विषयमा स्वास्थ्य मन्त्रालयमा केही उजुरी नै परेपछि नीजि क्लिनिकमार्फत आफ्नो ‘नाम बेचेर’ सेवा दिए कारबाही गर्ने चेतावनी दिइएको छ। ‘सरकारी अस्पतालमा कार्यरत केही चिकित्सकहरुको नाम सहमतिमा वा सहमति वेगर नै निजी क्लिनिकहरुले प्रयोग गरिरहेको भन्ने केही उजुरी परेको छ’ स्वास्थ्य मन्त्रालयका आन्तरिक प्रशासन शाखाका अधिकृत शेरबहादुर विकले भने ‘त्यसो गर्न हाम्रो ऐन, नियमावलीहरुले दिँदैन, परेका उजुरीमा हामी अनुसन्धान गर्दैछौँ।’ शाखा अधिकृत विकका अनुसार यस्तो भएको प्रमाणित भए चिकित्सकमाथि प्रचलित कानूनबमोजिम कारवाही हुनेछ । 

‘निजी क्लिनिकमा नाम राख्नु भनेको नेपाल स्वास्थ्य सेवा ऐन २०५३, नियमावली २०५५, जनस्वास्थ्य ऐन २०७६ तथा नियमावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ को नियम २२ विरुद्ध हुन जान्छ’ शाखा अधिकृत विकले भने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ति नै जारी गरी यस्तो कार्य नदोहो¥याउन चेतावनी दिएको छ । मन्त्रालय मातहतका सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजी अस्प्ताल र क्लिनिकमार्फत नाम प्रयोग गरेर सेवा दिएको प्रमाणित भए प्रचलित कानून बमोजिम कारही गरिने विज्ञप्तिमा उल्लेख छ।

मेडिकल एसोसिएसन के भन्छ ?

यता नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा अनिलविक्रम कार्की भने मन्त्रालयको यो सूचना व्यवहारिक नभएको बताउँछन् । ‘अफिस टाइमभन्दा बाँकी समय हाम्रो निजी समय हो, यसमा हामी कहाँ जाने, के गर्ने त्यसमा मन्त्रालयले बन्देज लगाउन कसरी मिल्छ ?’ डा कार्की प्रश्न गर्छन् ।

अरु सरकारी कर्मचारीले पनि कार्यालय समयभन्दा बाहिर आफूले जानेको काम गर्दै आएको बताउँदै उनले चिकित्सकलाई मात्र बन्देश लगाउनु बव्यवहारिक नहुने तर्क उनको छ । ‘हो, अफिसियल कामकाजलाई प्रभावित बनाउनु हुन्न भन्नेमा हामी पनि सचेत छौँ, कसैले कार्यालय समयमा गर्छ भने उसलाई हामी नै कारबाहीका लागि सिफारिस गर्न तयार छौ’, डा कार्कीले  भने ‘पर्सनल लाइफमा सरकारले हस्तक्षेप गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved