बढ्दै कोरोना संक्रमण, काठमाडौँमा ५ जना भेन्टिलेटरमा, तत्काल खोप लगाउन मन्त्रालयको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 02:23:56 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेकाले कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले अहिले हरेक दिन कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै खोप लगाउन आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज खोप लगाउन आग्रह गरेका हुन् । 

शनिबार ६४ जना नयाँ सङ्क्रमित फेला परेका थिए । अहिले नेपालमा कुल सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगेका छन् ।

उपत्यकामा १५ जना आइसोलेशनमा, ८ जना आइसियु र ५ जना भेन्टिलेटरमा उपचार गरारहेका छन् । 

नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved