विरामीको शुल्कबाट मेडिसिटीका कर्मचारीले ठगे साँढे २ करोड, तीन पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2023 | 02:16:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीले विरामीबाट लिएको शुल्कमा करोडौँको ठगी गरेका छन् । उनीहरुले विरामीबाट लाग्ने शुलक लिएर सफ्वेयरको दुरुपयोग गरी कम शुलक इन्ट्री गरी ठगी गरेको पाइएको हो । 

विलिङ सेक्सनमा कार्यरत केही कर्मचारीहरूले  अस्पतालमा प्रयोग हुँदैँ आएको सफ्टवेयरको दुरुपयोग गरी बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिइ निजहरुबाट लिएको शुल्क भन्दा कम शुल्कदेखाइ रु दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार स्पैयाँ ठगी गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ । 

त्यसविषयमा नेपाल मेडिसिटी अस्पतालले उजुरी दिएपछि उनीहरु पक्राउ परेका छन् । पक्राउ पछि गरिएको अनुसन्धानको क्रममा उक्त घटनामा उनीहरुको संलग्नता पुष्टि भएको जनइएको छ । 

यी हुन् आरोपी 

पक्राउ पर्नेमा अस्पतालका कर्मचारीहरु दोलखाको भिमेश्वर नगरपालिका ४ का घर भइ भक्तपुरको ठिमी वस्ने वर्ष ३४ को राघव सापकोटा, ललितपुर जिल्ला गोदावरी नगरपालिका ११ चापागाउँ वस्ने वर्ष २९ को सनम देशार र काठमाडौँको बालुवाटार बस्ने वर्ष ३४ का आशिष अर्याल रहेका छन् । 

उनीहरु विरुद्ध अपराधिक लाभ तथा अपराधिक विश्वापसघातसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved