स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौला बर्खास्त, भन्छन् 'कानुनी उपचार खोज्छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 06:17:53 PM मा प्रकाशित

laxmi sunrise bank

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला बर्खास्त भएका छन् । उनलाई गत मगंलबारको मन्त्रिपरिषदको बैठकले बर्खास्त गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको थियो ।  मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले मन्त्रिपरिषदले उनलाई अर्खास्त गरेको बताए । 

उनका अनुसार मन्त्रालयले पछिल्लो समय ३ पटक उनी स्पष्टिकरण माग गरेको थियो । बसौलाले दिएको स्पष्टिकरण चित्त नबुझेपछि उनलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको हो । 

बसौलाले भने यसबारे आफुलाई केहि जानकारी नभएको बिजपाटीसँग बताए । आफु अहिले अफिसकै कामले उपत्यका बाहिर रहेको र निलम्बन वा बर्खास्तबारे केहि थाहा नभएको उनले बताए । यसअघि मन्त्रालयले उनलाई निलम्बन गरेको थियो । उनी अदालतबाट स्टे अर्डर जारी भएपछि फेरि बोर्डमा फर्किएका थिए । उनको सो मुद्दाको अर्को पेशि वैशाख १६ गते छ ।

 उनले अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा मन्त्रिपरिषदले यस्तो निर्णय गर्न नमिल्ने तर्क गरेका छन् । आफुलाई बर्खास्त गरेकोबारे थाहा नभएको उल्लेख गर्दे उनले भने, ‘यदि त्यसो हो भने म आवश्यक कानुनी उपचार खोच्छु ।’ उनले यसबारे जनताले नै आवाज उठाउनु पर्ने दाबी गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved