डा. दामोदर बसौला स्वास्थ्य बीमा बोर्डमा पुन फर्किने बाटो खुलेको छ । सर्वाेच्च अदालतले उनको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिएसँगै डा. बसौला बोर्डको कार्यकारी निर्देशक पदमा पुन वहाली हुने भएका हुन् ।
उनलाई माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो । त्यससँगै डा. बसौला अर्वाेच्च गएका थिए । उनले माघ २५ गते सर्वाेच्च अदालतमा पुनर्वाहालीको माग गर्दै रिट दिएका थिए । सोहि रिटको अल्पकालिन अन्तरिमा आदेश सर्वाेच्चले शुक्रबार दिएको हो ।
स्वास्थ्यमन्त्री मोहन बहादूर बस्नेतले बसौलालाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेसँगे परिषदको माघ ९ गतेको बैठकले हटाउने निर्णय गरेको थियो ।
मन्त्रीरिषदले उनलाई हटाउने निर्णयको विषयमा माघ ११ गते बिजपाटिसँग कुरा गर्दै बसौलाले कानुनी उपचार चोज्ने बताएका थिए ।
यस अघि पनि उनी निलम्बन परेका थिए । त्यस बेला पनि उनी अदालतबाट स्टे अर्डर जारी भएपछि फेरि बोर्डमा फर्किएका थिए ।